१३ औँ सागः नेपालले गुमायो पहिलो स्थान, ७० पदक जित्दै भारतले लियो अग्रता

मंसिर १९, काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा भारतले  ७० पदक जित्दै आफ्नो अग्रता कायम गरेकाे छ ।   

बुधबारसम्मको नतिजामा भारतले ३४ स्वर्ण, १३ रजत र २३ कास्य पदक जितेर पदक तालिकाको पहिलो स्थान कायम राखेको हाे ।   

त्यसैगरी नेपालले ६९ पदकसहित पदक तालिकाको दोश्रो स्थानमा रहेकाे छ । नेपालले २९ स्वर्ण, २५ रजत र १५ कांस्य जितेको छ ।   

त्यस्तै ४५ पदक जितेर पाकिस्तान पदक तालिकाको तेश्रो स्थानमा छ । पाकिस्तानले ९ स्वर्ण, १८ रजत र १८ कांस्य जितेको छ ।   

यस्तो छ पदक तालिकाः 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − ten =