पशुबलीकाे फाेटाे खिच्न राेक लगाएपछी पर्खालको प्वालबाट फोटो खिच्न बाध्य पत्रकार

मंसिर १७, बनियापुर । मंगलबारदेखि पञ्चवर्षीय गढीमाई मेलामा सुरु भएको पशुबलीमा संचारकर्मीलाई प्रवेशमा रोक लगाएपछी पर्खालको प्वालबाट फोटो खिच्न पत्रकार बाध्य भएका छन् ।
कतिपय पत्रकारलाई रोक लगाउँदा पनी पञ्चबलीको फोटो खिचेको भन्दै लाठी प्रहार समेत गरिएको छ । लाठी प्रहारबाट फोटो पत्रकार निभेष चित्रकारको क्यामरा समेत क्षती पुगेको छ
मंसिर १ गतेदेखि सुरु भएको बाराकाे महागढीमाई नगरपालिका १ स्थित बरियारपुरमा एक महिने गढीमाई मेलामा मन्दिर क्षेत्रको ब्रम्हस्थानमा पञ्चबली दिएसँगै पशुबली सुरु भएको हो ।

मेला समितिले यो भन्दा अघिल्लो मेलामा पत्रकारलाई पञ्चबली र पशुबलीको फोटो खिच्न कुनै रोकतोक नगरेपछी यस वर्ष भने समितिले बैठक नै बसेर पत्रकारलाई फोटो र भिडियो खिच्न नदिने निर्णय गरेपछी कतीपय पत्रकारहरु पर्खालको प्वालबाट फोटो खिचेर चित्त बुझउँनु परेको थियो भने केही पत्रकारहरु फोटो नै नखिची फर्केका थिए ।
त्यहाँ खटिएका सुरक्षाकर्मीले माथीको आदेश भन्दै बधशालाको गेटबाटै पत्रकारलाई भित्र छिर्न नदिएपछी निराश भएर पत्रकारहरु बाहिर निस्कनु परेको थियो ।
पशुबलीमा पहिलो दिन रांगा र दोस्रो दिनदेखि बोकाको बली दिने प्रचलन छ। धार्मिक विधिअनुसार सेतो मुसा, कुखुरा, बोका, सुंगुर र रांगाको पञ्चबली दिएपछि रांगाको बली सुरु हुने हुन्छ ।








