छिमेकी घरमा टिभी हेर्न गएकी रुपमतीको बलात्कारपछि हत्या भएको पुष्टि

माघ २०, विराटनगर । छिमेकी घरमा टिभी हेर्न गएकी ११ वर्षीया बालिका रुपमती दासको बलात्कारपछि हत्या भएको खुलेको छ ।
विराटनगर महानगरपालिका–८ बलुवाईकी रुपमती गत शनिबार घरबाट छिमेकमा टिभी हेर्न जाने क्रममा हराएकी उनको शव आइतबार बिहान घरदेखि करिब ५०० मिटर दक्षिण खोलामा नग्न अवस्थामा शव भेटिएको थियो ।
उनको बलात्कार तथा हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
null
पक्राउ पर्नेमा विराटनगर ८ का २५ वर्षीय आवत अन्सारी र १८ वर्षीय चन्दु महतो रहेको प्रहरीले जनाएको छ ।
लागूऔषधको नसामा बालिकाको बलात्कारपछि हत्या गरेर शव खोलामा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
छिमेकी महमद नेमाको घर जाने क्रममा दुई जनाले जवरजस्ती लगेर बलात्कार गरी शव खोलामा फालेको प्रहरीको दाबी छ ।
पक्राउ पर्नेहरुलाई आइतबार नै सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।








