नुवाकोटः ट्रकलाई साइड दिँदा सडकको छेउ भासिएर बस खस्यो, २० जना घाइते
२०७४ जेठ १५ गते

“
काठमाडौँ, साउन ३० । नुवाकोटमा सडकबाट बस खस्दा २० जना घाइते भएका छन् । घाइतेमध्य ७ जनाको अवस्था गम्भीर रहेको छ ।
नुवाकोटको ढुंगेचौतारो भन्ने ठाउँमा सडकबाट बस खस्दा २० घाइते भएका हुन् । विपरीत दिशाबाट आउँदै गरेको मिनी ट्रकलाई साइड दिन लाग्दा सडकको छेउ भासिएर बस दुर्घटना भएको हो ।
सदरमुकाम विदुरतर्फ आउँदै गरेको ना २ ख २८०४ नम्बरको बस सडकबाट खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका ७ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको र अरुको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








