अरुण नदीले पार गर्यो खतराको तह, ६० हजार परिवार धरापमा, सचेत रहन आग्रह

काठमाडौँ, साउन ३० । आइतबारदेखि काठमाडौँ उपत्यका लगायत अन्य जिल्लामा निरन्तर वर्षा भइरहको छ । वर्षाका कारण खोला नदीमा आएको बाढी घरमा पसि जनजीवन नै अस्तव्यस्त पारेको छ त कतै पहिरो निम्त्याएको छ । कतिको ज्यान समेत लिएको छ ।

अविरल वर्षाका कारण अरुण नदीले खतराको तह पार गरेको छ ।

पूर्वी क्षेत्रमा बग्ने अरुण नदीले खतराको तह पार गरेपछि बाढी पूर्वानुमान शाखाले त्यस आसपासका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

अरुण नदिमा पानीको सतह ११ मिटर पुगेपछि खतराको संकेत दिने गरिएको बताइएको छ । त्यस क्षेत्रमा करिब ६० हजार बासिन्दा रहेका छन् ।

बाढीको बहावले खतराको तह पार गरेको जनाउँदै शाखाले एसएमएमार्फत् नदी आसपासका बासिन्दालाई सर्तक रहन आग्रह गरेको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका केही ठाउँ तथा देशका अरु केही ठाउँमा बिहान घाम लागेजस्तो भएपनि दिनभरको मौसम प्रायः बदलीको अवस्थामा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बदली भए पनि पानी पर्ने सम्भावना भने केही ठाउँमा मात्रै छ ।

देशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविदको भनाई छ । तर राति भने मध्य र पश्चिमका एक–दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ । बिहीबारदेखि भने मौसममा केही सुधार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 11 =