प्रधानमन्त्रीले पार्टीको निर्णय मान्नैपर्छ : प्रचण्ड

फागुन १६, चितवन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णय जसरीपनि मान्ने बताएका छन ।
प्रेस संगठन चितवनले शुक्रबार भरतपुर विमान स्थलमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले सचिवालय बैठकले गरेको निर्णय जसरी पनि मान्नु पर्ने बताएका हुन् ।
उनले राष्ट्रिय सभा सदस्यमा एक जना सदस्य सिट खाली भएकाले त्यहाँ पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई लैजाने भन्ने निर्णय गरेकाले गौतम जसरी पनि जाने दाबी गरे । प्रधानमन्त्रीले वामदेवलाई सिफारिस गर्नु हुन्न भन्ने पत्रकारको प्रश्नमा उनले फागुन २१ गते भित्र प्रधानमन्त्रीले पार्टीको निर्णयलाई सिफारिस गर्ने बताए ।

यसअघि आज बिहानै नेकपाका चार शीर्ष नेताबीच प्रचण्ड निवास खुमलटारमा भेटबार्ता भएको थियो । बुधबार सचिवालय बैठकले राष्ट्रियसभामा बामदेव गौतमलाई लैजाने निर्णय गरेपछि सो विषयमा नेकपा भित्र कलह उत्पन्न भएको छ ।








