सुन तस्करीका ठुला माछा नियन्त्रणमा, सञ्जाल नै ध्वस्त पार्न सरकार सफल भयो– गृहमन्त्री

“
काठमाडौँ, साउन २९ । गृहमन्त्री रामबहादुर थापा बादलले सुन तस्करीको सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको दावी गरेका छन् ।
मंगलबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले नेपालमा सुन तस्करी हुने मुख्य ठाउँ दुवै रहेका बताउँदै तस्करीको सञ्जाल नै ध्वस्त पार्न सरकार सफल भएको दावी गरेका हुन् ।
बैठकमा गृहमन्त्री बादलले सुन तस्करीको बिगबिगी बढीरहँदा पछिल्लो ४ वर्षमा मात्रै ३८ क्वीन्टल सुन तस्करी भएको बताए । सुन तस्करीमा समुह नै हुने गरेको उनको भनाइ छ ।
उनले सुन तस्करीका केही लगानीकताहरु नियन्त्रणमा आइसकेको र केही लगानीकर्ता फरार रहेको भन्दै सुन तस्करीका ठूला माछाहरु पक्राउ परिसकेको दावी समेत गरे ।
मंगलबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा गृहमन्त्री बादलले पछिल्लो ३र४ वर्षमा ३८ क्वीन्टल सुन तस्करी भएको पाइएको बताए ।
यसैबीच उनले गृहमन्त्री थापाले प्रहरीको संघीय संरचना बनाउन काम शुरु भएको जानकारी दिए । प्रहरीको सरुवा, बढुवा मापदण्ड बनाएर गर्ने कामको सुरुवात आफूले गरेको दाबी गरे ।
“








