संसदको बैठक आज बस्दै, हिजो पेश भएका विधेयकमाथि छलफल हुने

काठमाडौं, साउन २९ । प्रतिनीधिसभाको बैठक आज बस्दैछ । आज दिउँसो एक बजे बोलाइएको बैठकमा हिजो पेश भएका विधेयकमाथि छलफल हुनेछ ।

हिजो संसदमा प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्व, नागरिकता लगायतका पाँचवटा विधेयक पेश भएका छन् । त्यस्तै आजै संसदका १० वटा विषयगत समितिको निर्वाचनका लागि आज कार्यतालिका सार्वजनिक गर्ने संसद सचिवालयको तयारी छ ।

यस्तै, राष्ट्रियसभाका चार विषयगत समितिको सभापति चयनबारे पनि आज कार्यतालिका प्रकाशित हुने सम्भावना रहेको संसद सचिवालय स्रोतले जनाएको छ । राष्ट्रियसभाको बैठक पनि आजै बस्दैछ । बैठक दिउँसो २ बजे बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 1 =