भ्यालेन्टाइनको अवसरमा सुजुकी रुकुटरमा भारी छुट

माघ २४, काठमाडौं । भीजी अटोमोवाइल्सले फेव्रुअरी १४ अर्थात भ्यालेन्टान डे को अवसरमा आकर्षक अफर ल्याएको छ । सुजुकी बाईक तथा स्कुटरको नेपालका लागि अधिकृत बिक्रेता रहेको भीजी अटोमोवाईल्सले भ्यालेन्टाइन डे लक्षित गरी ‘फ्याव फेव’ योजना ल्याएको हो । 

 

यो योजनामा ग्राहकले सुजुकीका स्कुटर खरिद गर्दा नगद रु १० हजार छुट पाउने छन् । यो योजना फेब्रुअरी ५ देखि फेब्रुअरी १४ सम्म नेपाल भरीका सुजुकी बाइक तथा शोरुममा लागु हुने छन् ।  

null

योजना अवधिभर सुजुकी स्कुटर गरिद गर्दा नगद १० हजार छुट मिल्ने कम्पनीले जनाएको छ । सुजुकीका हरेक स्कुटरहरुमा ५ वर्षको वारेन्टी रहेको छ । 

पछिल्लो समय दुई पाङ्ग्रे सवारीमा सुजुकीका सवारी नेपालमा रुचाइदै गएको छ । हाल ७८ ठाउँमा रहेको सुजुकीको शोरुमहरुमा सुजुकी बर्गमन, लेट्स र एसेस स्कुटरहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + twenty =