बम विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुग्यो, सरकारले लगायो कर्फ्यू

 

बैशाख ९, श्रीलंका । श्रीलंकामा आइतबार भएको श्रृङ्खलाबद्ध बम बिस्फोटमा परी ज्यान गुमाउनेको संख्या २ सय ९० पुगेको छ । 

अहिले सम्म भएको ८ बम बिस्फोटमा मृत्यु हुनेको संख्या २ सय ९० पुगेको छ भने ५ सय बढी घाइते भएका छन् । ३६ विदेशी नागरिकले पनि सोही दुर्घटनामा ज्यान गुमाएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । 

null

घटना गराएको आरोपमा श्रीलङ्काली सरकारले २४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका २४ जना श्रीलंकाली नागरिक भएको श्रीलङ्काका प्रधानमन्त्री रानिल विक्रमासिंघेले पुष्टि गरेका छन् । तर पक्राउ परेकाहरुको केही पनि विवरण सार्वजनिक गरिएको छैन । 

 

विलासी होटल र चर्चलाई निशाना बनाइ गरिएको उक्त आत्मघाती हमलाको षड्यन्त्र विदेशमा रचिएको श्रीलंकाली सरकारको दाबी छ । 

आइतबार कोलम्बो, नेगोम्बो र बट्टिकलोआमा तीन चर्चमा ईस्टकमो प्रार्थनाको क्रममा बिस्फोट भएको थियो । यसैगरी कोलोम्बोमा चार होटल र एक चिडियाखाना नजिकै बिस्फोट गरिएको थियो । 

 

अहिलेसम्म कुनै पनि गुटले हमलाको जिम्मेवारी लिएको छैन । त्यहाँको सरकारले बम बिस्फोटपछि देशभरी कफ्र्यू लगाएको छ भने सोसल मिडियालाई पनि प्रतिबन्ध लगाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − four =