दैनिक उपभोग्य सामान छैन ? बराहमा फोन गर्नुस् घरमै आइपुग्छ सामान

चैत्र ९, धरान । कोरोना भाइरस संक्रमणको त्रासका कारण दैनिक घरायसी सामान समेत खरिद गर्न सक्नु भएको छैन ? चिन्ता नलिनुहोस, धरानस्थित बराह ग्रुपले दैनिक घरायसी सामानसँगै तपाईलाई चाहिएको सामान घरघरमै ल्याइदिने ब्यवस्था गरेको छ ।   

बराह ग्रुप धरानले ग्राहक महानुभावलाई कोरोना भाइरस संक्रमणबाट जोगाउन तथा उपभोक्ताहरुलाई दैनिक उपभोग्य सामग्री अभाव हुन नदिन होम डेलिभरीको सुविधा दिएको हो ।   

बराह ग्रुपले उपभोक्ताले फोनबाटै अर्डर गरेको सामानहरु बराहका कर्मचारीले घरघरमै लगिदिने निर्णय गरेको बराह ग्रुपका १ नं. प्रदेश सचिवालय सदस्य सचिव तथा बराहबा प्रमुख प्रशाशकीय अधिकृत गंगा कालिकोटेले जानकारी दिए । ‘सरकारले २५ जना भन्दा बढि भिडभाड हुने स्थल, सार्वजनिक स्थल, ब्यापारिक मलहरु समेत बन्द गर्न भनेकोले बराहले उपभोक्तालाई घरमै उपभोग्य सामग्री पुर्याइदिने ब्यवस्था गरेको हो ।’ प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटेले भने ।   

बराहले डिपार्टमेन्ट स्टोरमा जति मुल्यमा सामान पाइन्छ त्यही मुल्यमा घरघरमा सामान पुर्याइदिने ब्यवस्था गरेको हो ।   

‘कुनैपनि उपभोक्ताले हामीलाई फोन गरेर चाहिएको सामान अर्डर गरेको अवस्थामा हामी घरमै गएर सामान डेलिभरी दिन्छौं, त्यसमा लागि हाम्रा कर्मचारी र ढुवानीको सवारी तयारी अवस्थामा रहनेछ ।’ कालिकोटेले भने ।   

बराहले ब्यवसायसँगै उपभोक्तालाई संकटको घडीमा सेवा पनि दिनुपर्छ भन्ने भावले होम डेलिभरी सेवा सुरु गरेको हो । ‘उपभोक्ताको स्वास्थ्य भन्दा हाम्रो ब्यवसाय ठूलो हैन, दैनिक उपभोग्यका वस्तुहरु नहुँदा उपभोक्ताहरु भोकै बस्न नपरोस वा स्वास्थ्यको जोखिम उठाएर भिडभाडमा आउन नपरोस भन्ने हाम्रो उद्देश्य हो ।’ बराहका धरान शाखा प्रमुख मानबहादुर दियालीले भने ।   

‘विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण बराह ग्रुपले आफ्ना सम्पूर्ण सेवाहरु, आफ्ना ग्राहक, शेयर सदस्यहरुमा हटलाइन नम्बरमार्फत होम डेलिभरीको उचित व्यवस्थासहित सेवा प्रदान गर्नेछ ।’ जारी विज्ञप्तिमा भनिएको छ–‘दैनिक उपभोग्य सामानहरू, बराह बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्यहरुलाई धरान क्षेत्रभरी स्थानीय सरकार र प्रशासनको अर्को सूचना जारी नभएसम्म निक्षेप र भुक्तानी समेत घरघरमै पुगेर सेवा दिइने छ ।’ 

बराहबाट कुनैपनि प्रकारका दैनिक उपभोग्यका सामग्रीहरु घरमै प्राप्त गर्न उपभोक्ताहरुले निम्न मोवाइलमा सम्पर्क गर्न सक्नेछन् । बराहले हर्टलाइन सेवा तथा नम्बरहरु बराह ज्वेलरी शोरुम ०२५५२६७७७, ९८५२०४७७७०, बराह डिपार्टमेण्ट स्टोर ९८०२७५७८५८, भोजपुरे फेन्सी स्टोर ९८०२७३८४९०, बराह बालसञ्चार र किडस सैलुन ९८१६३०७६५५, बराह फेमिली किचन ०२५५२५३३७, ९८११०१७८२३, बराह ट्राभल एण्ड टुर्स ९८४२०२५०५५, बराह बचत तथा ऋण सहकारी संस्था ०२५५३१२२२, ९८०२७७६७५८ मा सम्पर्क गर्न सकिनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 7 =