बेल्जियममा मिस नेपाल युरोप २०२० हुने

पुस २९, काठमाडौं । युरोपेली महादेशको राजधानी मानिने बेल्जियममा पहिलो पटक नेपाली युवतीहरुको सौन्दर्य प्रतियोगिता मिस नेपाल युरोप २०२० को आयोजना हुने भएको छ ।   

ड्रिम्स नेपाल बेल्जियमको आयोजनामा हुन लागेको प्रतियोगिता आगामी जनवरी २६ का दिन बेल्जिमयको लोवेन शहरमा हुने छ ।   

यस अघि विभिन्न देशहरुमा गरिएको अडिसनको सहभागीहरुबाट १२ जनालाई फिनालेका लागि छनौट गरिएको छ ।   

ड्रिम्स नेपालकी संस्थापक तथा एनआरएनए युरोप क्षेत्रीय महिला संयोजक योगिता थापाका अनुसार बेल्जियमबाट मिला नेपाली, लुना श्रेष्ठ, सविना नेपाली र ज्योति भट्ट लगायत आयरल्याण्डबाट संगीता थापा, अस्ट्रियाबाट सुशिला बोहरा, फिनल्याण्डबाट निरुषा खत्री, स्वीट्जरल्याण्डबाट रोजमेरी भोटिया, नर्वेबाट श्रद्धा थापा, जर्मनीबाट आश्मा घिमिरे तथा सामु पराजुली र फ्रान्सबाट श्रीया भण्डारी फाइनलिस्टका रुपमा चयन भएका छन् ।   

प्रतियोगितामा विजेता हुनेले नगद पुरस्कारका साथै क्राउन पाउने छन् भने फस्र्ट तथा सेकेन्ड रनर अपलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।   

त्यस्तै प्रतियोगितामा मिस ट्यालेन्ट, मिस पर्सनालिटी, मिस फोटोजेनिक र मिस कन्फिडेन्टको सबटाईटल समेत प्रदान गरिनेछ ।  

संयोजक थापा आफै युरोपियन मोडलिङ प्रतियोगिताको फाइनलिस्ट हुन् । थापाका अनुसार मिस नेपाल युरोप २०२० को विजेताले मिस नेपालको आगामी प्रतियोगितामा सिधै प्रवेश पाउने छन् । थापाले कार्यक्रमको तयारी लगभग पूरा भईसकेको बताएकी छिन् ।   

प्रतियोगिताको कोरियोग्राफर पूर्व मिस नेपाल सुगारिका केसी रहेकी छन् भने डिजाईनर युवी थापाको पहिरनमा प्रतियोगीहरु प्रस्तुत हुनेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =