३ दिनको मौसमः मध्य पूर्वी भू–भागमा भारी वर्षा भई पहिरो जानसक्ने

भदौ २९, काठमाडौँ । देशका केहि स्थानहरुमा मेघ गर्जन एवं चट्टयांगसहितको वर्षा हुने साथै मध्य तथा पूर्वी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन सबै नागरिकमा जल तथा मौसम विज्ञान विभागको अनुरोध छ ।
२९ गते आइतबार
दिउँसोः देशभरी सामान्य बदली रही मध्य र पुर्वका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन एवं चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
null
रातिः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन एवं चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
३० गते सोमबार
दिउँसोः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन एवं चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः देशभरी सामान्य रही केही स्थानहरुमा मेघ गर्जन एवं चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडी भेगका एक वा दुर्इ स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
३१ गते मंगलबार
दिउँसोः देशभरी सामान्य बदली रही मध्य भू–भागका धेरै स्थानमा साथै पूर्ब तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन एवं चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमी भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातिः देशभरी सामान्यदेखि पूर्ण बदली रही मध्य तथा पुर्वका धेरै स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन एवं चट्टयांगसहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेका जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।








