साउदीले अप्रिल ३० सम्म भिसाको अवधि थप्ने

चैत १९, काठमाडौं। साउदीको भिसा अवधि थप हुने भएको छ। पारिवारिक, पर्यटक वा व्यवसायिक भिसामा साउदी पुगेका तर कोरोना भाइरसको कारण भिसाको अवधिभित्र स्वदेश फर्किन नसकेका वा अवधि थप्न नपाएकाहरुको भिसा अवधि थप गर्ने साउदी सरकारले जनाएको छ।   

साउदीले यस्ता व्यक्तिहरुको जरिबाना मिनाहा गरी सरकारी दस्तुर मात्र तिरेपछि २०२० अप्रिल ३० सम्म भिसा अवधि थप्ने भएको छ। साउदीमा रहेको नेपाली दूतावासका अनुसार यो अवधि उडान नखुलेसम्म जारी रहने छ। 

साथै, साउदीको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस समाप्तीको घोषणा गरिसकेपछि साउदीबाट बिदामा गएका सबैको इकामा र भिसाको अवधि नवीकरण हुने पनि दूतावासले जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस पूर्ण रूपमा समाप्त भएको घोषणा गरेको ३० दिनसम्म यी प्रकृयाको समयावधि कायम रहने छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =