वलम्वु प्रहरीको अभियान: ‘ट्राफिक नियमको पालना, प्रहरीको आँखा छल्न मात्र होइन’

काठमाडौँ, साउन २५ । ‘टोल टोलमा प्रहरी’ अभियान अन्तर्गत महानगरीय प्रहरी प्रभाग वलम्वुले सप्ताहव्यापी ट्राफिक सचेतना अभियान सुरू गरेको छ ।

प्रहरी प्रभाग वलम्वुले सप्ताहव्यापी ‘ट्राफिक नियमको पालना, प्रहरीको आँखा छल्न मात्र होइन’, भन्ने नाराका साथ हस्ताक्षर संकलन अभियानका साथै ट्राफिक सचेतना अभियान सुरू गरेको हो ।

राजधानीको चन्द्रागिरिमा मोटरसाईकलमा तीन जना बस्ने, हेलमेट नलगाई सवारी साधन चलाउने सम्बन्धी एकहप्ते सचेतना अभियान सुरू गरिएको महानगरीय प्रहरी प्रभागकी प्रहरी निरिक्षक शर्मिला गुरूङले बताइन् ।

सवारी नियम उल्लंघन गरी गुड्ने सवारी साधनका चालकहरुबाट स्वत स्फुर्त रुपमा गल्ती आत्मसात गरी आगामी दिनमा सवारी नियमको पालना गर्ने प्रतिवद्धता ब्यक्त गर्ने उद्येश्यसहित सप्ताहव्यापी हस्ताक्षर संकलन अभियान सुरु भएको निरिक्षक गुरूङले जानकारी दिएकी हुन् । जसअन्तर्गत सवारी चालकहरुले प्रहरीको उपस्थिति वा अनुपस्थिती जहाँ पनि ट्राफिक नियमको पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।

चन्द्रागिरिको दहचोक, वोसी गाउँ, मातातिर्थ, सतुङ्गल, गुर्जुधारा, वलम्वु, नैकाप लगायत स्थानहरूमा यो अभियान सुरु गरिएको हो ।

उक्त क्षेत्रमा बिहान ९ देखी ११ बजे सम्म र अन्य स्थानमा भने बिहान १० देखी १२ बजे सम्म यो अभियान सञ्चालन भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना न्युनिकरणका लागी यस्ता अभियानले नागरीकमा चेतना बढ्ने, ट्राफिक नियमको उल्लंघन गर्दा हुने क्षेतीको बारेमा जानकारी हुने र दुर्घटना कमहुनेमा स्थानीयहरु हर्षित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =