सारा र कार्तिकको ‘लव आजकल’बाट अंतरङ्ग दृश्य हटाईयो

माघ २९, काठमाडौँ । बलिउड अभिनेता कार्तिक आर्यन र अभिनेत्री सारा अलीद्वारा अभिनित फिल्म  ‘लव आजकाल’को धेरैजसो अंतरङ्ग दृश्य हटाईएको छ । 

भारतको सेन्सर बोर्डले फिल्मलाई यू/ए सर्टिफिकेट दिँदै  अंतरङ्ग दृश्य हटाउन निर्देशन दिएको हो ।   

रिपोर्टका अनुसार बोर्डले फिल्मको सुरुवाती चुम्बनको दृश्यलाई घटाइदिएको छ । एउटा अंतरङ्ग पललाई सानो बनाएर त्यसमा सुधार गरिनुका साथै एक अंतरङ्ग पललगत्तै देखाइएको क्लिभेज भिजुअललाई ब्लर गर्न निर्देशन पनि दिएको बताईएको छ । 

त्यसैगरी बोर्डले  फिल्मको सेकेन्ड हाफमा अभिनेताले आफ्नो कपडा फुकालिरहेको दृश्य पनि हटाउन आदेश दिएको छ । भने फिल्मको अडियोमा पनि सेन्सर गरिएको छ । एउटा ‘सेक्सुअल्ली एब्युसिभ’ शब्दलाई कम आपत्तिजनक शब्दमा परिवर्तन गर्न भनिएको छ । साथै A**,F**K र F*****g लाई म्युट गर्न भनिएको छ ।   

२ घण्टा २१ मिनेट लामो यस फिल्मको अन्त्यमा ‘हरामजादों’ शब्दलाई ‘साले बेशर्मों’ मा परिवर्तन गर्न भनिएको छ । 

इम्तियाज अलीको निर्देशनमा बनेको यस चलचित्र १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डे मा प्रदर्शनमा आउँदै छ ।  चलचित्रमा सारा र कार्तिकसँगै रणदीप हूडा र आरुषि शर्माको भूमिका रहेको छ ।   

यस अघि निर्देशक इम्तिायाज अलिकै निर्देशनमा बनेको लभआजकलमा सैफअलि खान र दिपिका पादुकोणको मुख्य भूमिका रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =