अदालत परिसरभित्रै गोली चलाएर वकिलसहित दुईको हत्या

कार्तिक २७,थाइल्याण्ड ।   पुलिसका एक अवकाशप्राप्त मेजर जनरलले भनाभनपछि मंगलबार थाइल्याण्डको अदालत परिसरभित्रै  थुप्रै राउन्ड गोली चलाएका छन् । घटनामा देशकै चर्चित वकिल र उनका सहयोगीको मृत्यु भएको छ । 

मेजर १० वर्ष पुरानो जमिन विवादको निर्णयका लागि अदालत पुगेका थिए । घटनामा अन्य दुई गम्भीर घाइते भएका छन् । गोलीकाण्डपछि अदालतको सुरक्षामा तैनाथ सुरक्षाकर्मीले गोली चलाउने मेजर जनरलको हत्या गरेका छन् । घटना चंथाबुरी प्रान्तको  हो । 

मेजरको १५ सय एकड जमिनको विवाद चलिरहेको थियोः 

थाई रथ पत्रिकाका अनुसार न्यायाधीस आउनु अघि नै बिहान करिब ९ बजे मेजर जनरल थानिन चंत्रातिप (६७ वर्ष) र उनका विरोधी पक्षका मानिसहरु अदालतमा उपस्थित थिए । दुई पक्ष १५ सय एकडको १० वर्ष पुरानो विवादित जमिनको फैसलाको प्रतिक्षा गरिरहेका थिए । 

मेजर जनरलले थुप्रै राउन्ड गोली चलाएः 

कोर्ट रुममा जनरल चंत्रातिप र वकिल प्लेनटिफबीच भनाभन सुरु भयो । अटोर्नीकी श्रीमती र अन्य दुई–तीन जना पनि झगडामा समावेश भए । विवादको क्रममा जनरलले वकिल र उनका साथीमाथि थुप्रै राउन्ड गोली चलाए । प्लेनटिफ र उनको सहयोगीको घटनास्थलमा नै मृृत्यु भयो भने वकिलकी श्रीमती र अर्का वकिल पनि घाइते भएका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =