सपनामा विदेशी प्रशिक्षकबाट तालिम सुरु

माघ २५, चितवन ।    चितवनको सौराहामा जिल्लामा नै पहिलो पटक वालमैत्री नमुना शिक्षण सिकाई गराउन विदेशी प्रशिक्षकबाट १३ दिने तालिम सुरु भएको छ ।   

सामाजिक क्षेत्रमा क्रियाशिल सपना भिलेज सोसल इम्प्याक्टको आयोजनामा सुरु भएको तालिमको उद्घाटन गर्दै रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले नगरपालिकाले वालमैत्री नगर निर्माणको अभियानलाई तीव्र पारेको अवस्थामा यो निकै उपयोगी हुने वताईन् । 

जिल्लाका अन्य विद्यालयका शिक्षकहरुलाई पनि तालिममा सहभागी बनाएको सपना भिलेज सोसियल इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नतेले बताए । तालिममा वच्चाहरुलाई सिकाउने तरिका, उनीहरुको चाहना लगायतका विषयमा शिक्षकहरुलाई सो तालिममा सहजीकरण गरिने सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिए । गिरीका अनुसार शिक्षकहरुलाई अवकाश प्राप्त गरेका विदेशी प्राध्यापकहरु ग्रीसका एल्सा र नेदरल्याण्डकी मारियसेले सहजीकरण गर्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 16 =