नेपालको शान र विशेषता झल्कने फोटो खिच्न पत्रकारहरुलाई माधव नेपालको सुझाव

“
काठमाडौँ, साउन २० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले फोटो पत्रकारहरुलाई नेपालको शान, मान र विशेषतालाई सजीव ढंगले तस्वीरमा कैंद गर्न सुझाव दिएका छन्।
आइतबार बबरमहलस्थित वरिष्ठ नेता नेपालले आइतबार बबरमहलस्थित आर्ट काउन्सिलमा प्रर्दशनीमा राखिएको उत्कृष्ट फोटोहरुको अवलोकन गरेपछि नेपालको शान, मान र विशेषतालाई सजीव ढंगले कैद हुनेगरी तस्वीर लिन फोटो पत्रकारहरुलाई सुझाव दिएका हुन्।
अवलोकन गरेपछि नेता नेपालले नेपालका फोटो पत्रकारहरु विश्व फोटो प्रर्दशनीमा पनि उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।
एउटै तस्वीरले समग्रतालाई समेटन सक्नुपर्नेमा एउटै तस्वीरले समग्रतालाई समेट्न सक्नुपर्नेमा वरिष्ठ नेता नेपालको जोड थियो ।
फोटो पत्रकार क्लवले यस वर्षको उत्कृष्ट फोटोहरुको प्रर्दशनी आयोजना गरेको हो। गत श्रावण १६ गतेबाट सुरु भएको प्रतियोगिता भोलि (सोमबार) सम्पन्न हुनेछ।
आइतबार नै प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पनि सो फोटो प्रर्दशनीको अवलोकन गरेका थिए ।
“








