एनआईसी एशिया बैंकको नयाँ शाखा रसुवाको स्याफ्रुबेसीमा

मंसिर ६, काठमाडौं । ग्रामीण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कार्यालयको आज औपचारिक कार्यक्रम गरी उद्घाटन गरियो । 

रसुवा जिल्ला, गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेसीस्थित स्याफ्रुबेसी शाखाको सोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङबाट कार्यालय उद्घाटन भएको थियो ।   

स्याफ्रुबेसी शाखा सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ । 

एनआइसी एशिया बैंक मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =