थाइल्यान्डले नेपाललाई दियो ६७ रनको लक्ष्य
२०७६ फागुन २१ गते

फागुन २१, काठमाडौं । एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा थाइल्यान्डले नेपाललाई ६७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर ६६ रन बनाएको हो ।
नेपालका लागि करण केसीले ३ विकेट, अविनाश बोहोराले २ विकेट र सन्दीप लामिछाने र भवन कार्कीले एक-एक विकेट लिए । यो लक्ष्य टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले विपक्षीबाट पाएको सर्वाधिक कम लक्ष्य हो ।
आज नेपाल पहिलो जितको खोजीमा रहेको छ । प्रतियोगिताबाट बाहिरिसकेको थाइल्याण्डलाई भन्दा नेपाललाई यस खेल निकै महत्वपूर्ण रहेको छ ।

२०७६ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








