अब सिद्धार्थ बैंकमा अनलाइनबाटै विदेशी मुद्रा माग गर्न सकिने

पुस १०, काठमाडौँ ।  सिद्धार्थ बैंकले आफ्नो सेवा सुविधालाई थप सहज र प्रविधिमैत्री बनाउनलाई सस्तो टिकेटसँग सहकार्य गर्दै विशेष सुविधा ल्याएको छ ।   

यस सुविधा अन्तर्गत बैंकका ग्राहकले सस्तो टिकेट मार्फत अनलाइन टिकेट खरिद गरिसकेपछि त्यहि प्ल्याटफर्मबाट नै सजिलैसँग विदेशी मुद्राको माग गर्न सक्नेछन् । 

ग्राहकले माग गरेको विदेशी मुद्रा, नगद अथवा कार्ड, बैंकका तोकिएका शाखाहरु मध्य आफुलाई सहज हुने शाखाबाट सजिलै संकलन गर्न सक्नेछन् ।   

Image result for सिद्धार्थ बैंक

बैंकिङ्ग समयभित्र सजिलैसँग विदेशी मुद्रा अथवा कार्ड संकलन गर्न सकिने भएको हुँदा यस सुविधाले ग्राहकहरुको समयको बचत हुने बैंकले विश्वास लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 10 =