बेरोजगार अन्त्यपछि मात्रै समृद्धिः गृहमन्त्री

 

जेठ ३१, चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले अबको शिक्षा दक्ष जनशक्ति उत्पादन गर्ने खालको हुनुपर्ने बताएका छन् । 

चितवनको रत्ननगर नगरपालिकाले शुक्रबार आयोजना गरेको वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै गृहमन्त्री थापाले शिक्षा नीति दक्ष जनशक्ति उत्पादन गर्ने किसिमको हुनु पर्ने बताएका हुन् । 

null

‘व्यवसायिक शिक्षाबाट दक्ष जनशक्ति उत्पादन हुन्छ । दक्ष जनशक्तिले राम्रो रोजगार पाउँछ । राम्रो उत्पादन गर्छ । तब मात्र मुलुक समृद्धतर्फ उन्मुख हुन्छ’, उनले भने । 

सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक बनाउन पनि व्यवसायिक शिक्षा प्रदान गर्नुपर्ने उनले बताए । दक्ष जनशक्ति उत्पादनपछि मुलुकमा बेरोजगारको अन्त्य समेत हुने गृहमन्त्री थापाको विश्वास छ । 

 

विकासका बेरोजगारी अन्त्य हुन आवश्यक रहेको भन्दै उनले बेरोजगार अन्त्यका लागि उद्योग कलकारखाना स्थापित हुनुपर्ने बताए । उनले भने, ‘उद्योग, कलकारखाना स्थापित हुन सुरक्षा चाहिन्छ । व्यवसायीले निर्धक्क भएर व्यवसाय गर्ने वातावरण बनाउँछौ ।’ 

रत्ननगर नगरपालिकाका मेयर नारायण वनले समृद्ध नेपालका लागि सहयोग पुर्याउने उद्देश्यले रोजगारी मेला आयोजना गरिएको बताए । ‘स्वदेशमै घर परिवारसँग बसेर रोजगार गर्न सबैको चाहना हुन्छ । सिर्जनशील दिमागलाई यहीँ प्रयोग गरेर शिप प्रदान गर्न यो मेला कोशेढुंगा सावित हुन्छ’, उनले भने । 

एक दिने मेलामा यहाँका उद्योग, व्यवसाय, होटल, रेस्टुरेन्ट लगायत अन्य व्यसायिक फर्महरुको स्टल रहेको छ । जसबाट बेरोजगारीलाई रोजगारीको अवसर सृजना हुनुका साथै शीप मुलक तालिमका लागि परामर्श समेत दिइन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fifteen =