साग अपडेटः नेपाल बंगलादेशसँग भिड्दै, याे खेल नेपालले जित्नै पर्ने बाध्यता

मंसिर २१, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले शनिवार बंगलादेशसँग खेल्दैछ ।   

यो खेल जितेमा नेपाल फाइनलमा पुग्ने छ । नेपाल फाइनल पुग्न शनिबार बंगलादेश विरुद्धको खेल जित्नै पर्ने बाध्यता छ । पराजित भएमा भने नेपालको स्वर्ण सम्भावना समाप्त हुनेछ । 

जारी प्रतियोगिताको सातौं दिन आज काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १८ खेलमा प्रतिस्पर्धा हुदैँछ । सागमा शनिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल, फुटबल, क्रिकेट, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुदैछ । 

null

जसमा महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *