चिकित्सा शिक्षा विधेयकमाथी परेका संशोधन प्रस्ताव माथी संसदीय समितिमा छलफल

काठमाडौं, साउन १८ । बहुचर्चित चिकित्सा शिक्षा विधेयकमाथी परेका संशोधन प्रस्तावहरु माथी संसदीय समितिमा छलफल गराइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले आज बस्ने प्रतिनिधि सभाको बैठकमा विधेयकलाई छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्न लागेका छन् ।

संसद सचिवालयले तयार पारेको आजको कार्यसूचीमा मन्त्री पोखरेलले विधेयकलाई शिक्षा तथा स्वास्थ्य समितिमा पठाउन संसद बैठकमा प्रस्ताव गर्ने उल्लेख गरिएको छ । विधेयक माथी परेको संशोधन प्रस्तावहरुका बारेमा समितिमा दफावार छलफल हुनेछ र छलफलबाट आएको निश्कर्ष सहितको प्रतिवेदन समितिले संसदमा पेश गर्ने छ ।

विधेयक माथी २२ संशोधन प्रस्ताव दर्ता भएको संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए

। डा गोविन्द केसीको लगातारको अनसनपछि पुर्वपर्ति सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश निश्क्रीय भएपछि अहिलेको सरकारले अर्को विधेयक ल्याएको हो ।

सो विधेयकको मस्यौदा प्रति नै आपत्ति जनाउदै डा केसीले फेरी २७ दिन लामो अनसन बसेपछि पुरानै अध्यादेश अनुसारकै विधेयक पारित गर्न सरकारी पक्ष तयार भएको हो । डा केसीसँग सरकारले गरेको सम्झौता अनुसार सरकारी पक्षबाट पनि संशोधन प्रस्ताव दर्ता भएको छ । विधेयकलाई समितिमा पठाइने भएपछि यो विषय टुंग्याउन लामो समय लाग्ने देखिएको छ । उपसमिति गठनदेखि सहमतिका लागि छलफल र सहमति नभएमा बहुमतले प्रतिवेदन तयार गर्ने काम गर्नु पर्ने भएकाले लामो समय लाग्ने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =