प्रस्तावित प्रधानन्यायाधीश जोशीको बारेमा आज सुनुवाई हुने, के हाेला निर्णय ?

काठमाडौं, साउन १८ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको बारेमा निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक आज बोलाइएको छ । जोशीको सुनुवाइ सकिएको एक हप्ता वितिसकेपनि निर्णय भइसकेको छैन ।

आज बिहान १० बजे बोलाइएको बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ । प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा २०६३ को अन्तरिम संविधान लागु भएदेखि सुरु भएको संसदीय सुनुवाईमध्ये यो नै हालसम्मको लामो सुनुवाई प्रक्रिया भएको छ । यसअघि सुनुवाइ समितिले सुनुवाइ समाप्त भएकै दिन त्यसबारे निर्णय गर्ने परम्परा थियो ।

सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश रहनुभएका जोशीको एसएलसीको प्रमाणपत्र, उनले गरेका फैसला र आदेशबारे संसदीय सुनुवाइ समितिमा सत्ताधारी दल नेकपाले प्रश्न गर्दै अनुमोदन गर्ननहुने अडान लिँदै आएको छ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सांसद्ले प्रधानमन्त्री, सभामुखलगायत सदस्य रहेको संवैधानिक परिषद्ले जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेकाले अनुमोदन नगर्दा राम्रो सन्देश नजाने तर्क गर्दै आएको छ । १५ सदस्यीय सुनुवाइ समितिमा नेकपाका ९ सांसद छन् ।

दुई तिहाइ सदस्यले प्रस्तावित नाम अस्वीकार गर्न सक्छ । संघीय समाजवादी फोरम जोड्दा समितिमा सत्तापक्षको दुई तिहाइ बहुमत पुग्छ । समितिमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका ४ सांसद छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =