पार्टीविरुद्ध षड्यन्त्र भैरहेको भन्दै एकजुट हुन प्रचण्डले दिए नेता र कार्यकर्तालाई निर्देशन
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई सुदृढ हुन नदिन देशीविदेशी पूँजीवादीहरुले षड्यन्त्र गरिरहेको दावी गरेका छन् ।
अध्यक्ष दाहालले पार्टीविरुद्ध भैरहेको षड्यन्त्रलाई परास्त गर्न एकजुट हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
तुलसीलाल स्मृति प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुक नयाँ संरचनामा गएकाले केही गल्ती हुने भन्दै त्यसलाई सच्याएर अघि बढन सरकारलाई पनि सुझाव दिए ।
अध्यक्ष दाहालले आफ्नो पार्टीले बलियो सरकार बनाएर विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ सन्देश दिएको दावी पनि गरेका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








