सुरक्षाको माग गर्दै टिपर व्यवसायी संघ प्रदर्शनमा

 

माघ १८, काठमाडौँ । पूर्वाञ्चल टिपर व्यवसायी संघले आज (शुक्रबार) सुरक्षाको माग गर्दै विराटचौकको खोर्सानेमा विरोध प्रदर्शन गरेको छ । 

गत सोमबार मोरङको सुन्दरहरैचामा भएको सडक दुर्घटनामा सात टिपरमा आगजनी भएपछि व्यवसायीले प्रदर्शन गरेका हुन् । सो टिपर प्रदर्शन विराटनगरको रोडषेश चौक हुँदै परिक्रमा गरेको थियो । 

null

 

सोमबार भएको दुर्घटनामा १० वर्षिया बालिका लक्ष्मी ढकालको घटनास्थलमा मृत्यु भएको थियो । टिपरको ठक्करबाट घाइते भएकी बालिकालाई चालकले ब्याक गरेर मारेको भन्दै आक्रोशित बनेका स्थानीयवासीले सातवटा टिपरमा आगजनी गरेका थिए । 

 

संघका अनुसार आगजनीमा करिब ३ करोड रूपैयाँ बराबरको क्षति भएको छ । सडक दुर्घटनापछि घटना नियन्त्रणमा लिन प्रशासनले करिब १० घण्टा सो क्षेत्रमा निषेधाज्ञा जारी गर्नु परेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =