“””माइतीघर क्षेत्रमा विरोध प्रदर्शन गर्न पाउनुपर्छ”” भन्नु कत्तिको जायज ?”

काठमाडौँ, साउन १६ । माइतीघर मण्डला त्यस्तो ठाउँ हो जहाँ सम्पूर्ण व्यक्ति, पार्टी तथा संगठनको विरोध गर्ने प्रमुख थलोको रुपमा विकास भइरहेको छ । त्यस्ता खालका विरोध कार्यक्रमले माइतीघरको संरचनालाई बिगारिरहेको छ ।

सरकारले केही समयअघि मात्र माइतीघर मण्डलामा विरोध कार्यक्रम गर्न नपाइने भन्दै त्यसलाई अघोषित ठहर्याएको थियो । ‘माइतीघर क्षेत्रमा विरोध सभा आयोजना गर्न पाउनुपर्छ’ भनि विभिन्न राजनीतिक दलहरुले त्यो मागप्रति आपत्ति जनाउँदै सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । चर्काे दबाबपछि सरकारको उक्त घोषणालाई सर्वाेच्च अदालतले उल्ट्याइ दिएको थियो ।

सर्वप्रथम सरकारको मागलाई विरोध गर्दै डा. गोविन्द केसी माइतीघर मण्डलामा अनशन बसेका थिए ।

तर सरकारले भने माइतीघर क्षेत्रको संरचना बिग्रने भन्दै माइतीघर मण्डलामा बसेर बिरोध गर्नेलाई जरिवानाको समेत व्यवस्था गरेको थियो ।

माइतीघर क्षेत्रमा प्रतिबन्ध लगाइनु सकारात्मक

काठमाडौँ आउने मानिसहरुको आकर्षणको केन्द्रबिन्दु भनेको माइतीघर क्षेत्रको सजावट नै हो । माइतीघर मण्डलाको वरिपरि लगाइएका फुलसहितको सजावटले जो कोहीलाई पनि लोभ्याइरहेको हुन्छ ।

तर त्यही ठाउँमा बसी विरोध कार्यक्रमहरु गरिँदा त्यहाँ लगाइएका फूल र सजावटलाई प्रत्यक्ष रुपमा क्षति पुगीरहेको छ ।

सजावट नष्ट हुँदा विदेशी आगन्तुक मात्र नभई आन्तरिक व्यक्तिहरुमा समेत त्यसको नकारात्मक छाप पर्ने गर्दछ । विदेशको सन्दर्भमा हेर्ने हो भने त्यस्ता सजावट भएका क्षेत्रमा कुनै प्रकारको क्षति हुने काम गरिँदैन ।

सडकमा विरोध गरिनु उचित

कुनै पनि पक्षको विरोधका लागि सडक सबैभन्दा उपयुक्त माध्यम हो । नेपालको जन आन्दोलन २०६२/०६३ पनि सडकमा गरिएको आन्दोलनबाट नै सफल भएको थियो ।

तर काठमाडौँको हकमा भने सरकार विरोधी हरेक क्रियाकलाप माइतीघर मण्डलामा नै आयोजना गरिँदै आएको छ । आन्दोलन जुनसुकै ठाउँमा बसेर गरे पनि सरकारकै लागि गरिने हो भनी सम्बन्धित आन्दोलन पक्षले बुझ्नु आवश्यक हुन्छ ।

नेपालको धरातल बिग्रनु भनेको सबै नेपालीका लागि घातक हो । सरकारले गरेका हरेक निर्णय सबै गलत हुन्छन् भन्ने छैन, कुनै पक्ष सकारात्मक पनि हुन्छ भन्ने बुझ्नुपर्छ ।

बाम गठबन्धनको सरकार आएसँगै विभिन्न प्रविपक्षी राजनीतिक दलहरुले माइतीघर मण्डलामा नै बसी आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेको पाइन्छ । आज पनि प्रधानमन्त्री केपी ओलीको राजीनामाको माग राख्दै राप्रपा प्रजातान्त्रिकले माइतीघर मण्डलामा विरोध कार्यक्रमको आयोजना गरेको थियो ।

धेरै जना एकै ठाउँमा बसी विरोध गर्दा जमिनमा लगाइएको दुबोलाई समेत असर परिरहेको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =