विप्लव समूहका मेचिनगर इन्चार्ज काठमाडौबाट पक्राउ
२०७६ मंसिर २२ गते

मंसिर २२, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मेचीनगर इन्चार्ज यामबहादुर गिरी पक्राउ परेका छन् । गिरीलाई मंसिर २० गते बेलुका काठमाडौंको तिनकुनेबाट प्रहरीले पक्राउ गरेको हो ।
झापाको शिवसताक्षी निवासी ३७ वर्षीय गिरीमाथि बम बिष्फोटन गराई एक सहकारीमा क्षति पुर्याएको आरोपमा मुद्धा चलाउने तयारी भएको छ ।
उनले झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालयको निर्माणाधिन भवनमा बम बिष्फोटन गराई क्षति पुर्याएको आरोपमा लागेको छ ।
null
२०७६ मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित








