कविताः आखिर किन ?
२०७४ जेठ १५ गते

”
हिजो,
हिजोको दिनमा
फित्ते चप्पल पड्काउदै हिडेको म,
वास्तविकता मेरो जान्दा जान्दै पनि
उनको आगमन भयो
मित्रता प्रेममा परिभाषित भए
अनि,
अनि, प्रेम सगरमाथा
मित्रता,
प्रेम,
अनि सम्बन्ध
उस्को चाहाना, मेरो चाहाना
नाङ्गियो प्रेम,
ढल्यो बिस्तरमा
बिउँझिए,
हतकडि सहित
अनि, उभ्याईयो कठगरामा
मुद्दा चलाइयो,
फैसला सुनाइयो
आजिवन कारावासको,
उ स्वतन्त्र छे,
अनि म पिंजडा मा
चाहना दुवैको
दोषी म,
अनि उपनाम,
बलात्कारी
आखिर किन??
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








