आज चट्याङसहित वर्षाको सम्भावना, यस्तो छ दुई दिनको पूर्वानुमान

चैत ३०, काठमाडौं । स्थानीय वायुको प्रभावले आज देशको धेरैजसो स्थानको मौसम बदली भएको छ ।   

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ । स्थानीय वायुको प्रभावसँगै प्रिमनसुन सक्रिय भएकाले मौसमी गतिविधि बढेको हो । 

यस्तो छ दुई दिनको पूर्वानुमान :- 

null

चैत्र  ३० गते (आईतबार) 

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही  बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहने छ । अपरान्ह पछि पूर्वी तथा पश्चिमी पहाडी  भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

रातीः  देशको पहाडी  भू-भागमा आँशिक बदली  रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहने छ । 

बैशाख १ गते (सोमबार) 

दिउँसोः  देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आँशिक बदली  रहने छ । पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी  भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

रातीः  देशको पश्चिमी भू-भागमा आँशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आँशिक बदली  रहने छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =