ईपीएलका लागि भैरहवा ग्लाडियटरको प्रशिक्षक पुबुदु दाशानायके

भदौ १८, काठमाडौँ । पूर्व राष्ट्रिय प्रशिक्षक पुबुदु दशानायके फेरि नेपाली खेलाडीका प्रशिक्षकका रुपमा नेपालमा रहने भएका छन् । एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलका लागि भैरहवा ग्लाडियटरले प्रशिक्षकको रुपमा दाशानायकेलाई नेपाल ल्याएको हो ।   

श्रोतका अनुसार पुबुदुले सन् २०२० सम्म रहने गरी भैरहवासँग सम्झौता गरेका छन् । पुबुदुले यसअघि सन् २०१३ मा राष्ट्रिय प्रशिक्षकको रुपमा नेपाली टिम सम्हालेका थिए ।   

डिभिजन ३ मा हुँदा नेपाली टिम सम्हालेका पुबुदुलाई अहिले नेपाली टिमले एक दिवसीय वरियता पाउँदा पनि त्यसको श्रेय जाने गरेको छ । लगातार २ सिजन उप विजेतामा सिमित भएको भैरहवा ग्लाडियटरले यस पटक उपाधि जित्ने लक्ष्य लिए छ । 

इपीएलको सन् २०१७ र सन् २०१८ को संस्करणमा फाइनल पुगेर पनि पराजित भएको भैरहवाले दाशानायकेलाई छोटो अवधि नभई लामो अवधिका लागि हेर्ने जिम्मा दिन खोजेको बुझिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =