उर्जा क्षेत्रमा लगानी गर्न इजरायललाई आग्रह

काठमाडौं, साउन १४ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले जल विद्युतको क्षेत्रमा सहयोग गर्न इजरायाललाई आग्रह गरेका छन् ।

नेपालका लागी इजरायली राजदूत बेन्नी ओमेरसँग सोमबार भएको भेटमा मन्त्री पुनले संविधान निर्माण पछि नेपालमा वातावरण पनि राम्रो रहेकाले सहयोग गर्न आग्रह गरे ।

भेटमा उर्जामन्त्री पुनले नेपालमा स्थायीत्वको युग सुरु भएको भन्दै इजरायली लगानीकर्तालाई उर्जा क्षेत्रमा लगानीको वातावरण बनाइदिन राजदूत ओमेरसँग आग्रह गरे ।

मन्त्री पुनले भने, ‘हामीलाई १० बर्षमा १० हजार मेगावाट विजुलीको आवश्यकता छ अहिले लगानीको राम्रो वातावरण समेत बनेको छ । तपाईमार्फत नेपालको उर्जा क्षेत्रमा लगानी गर्न म इजरायली लगानीकर्ताहरुलाई आग्रह गर्छु ।’

उनले इजरायलसँग धेरै लामो कुटनितिक सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझ मजबुत बन्ने विश्वास समेत व्यक्त गरे ।

लामो समयदेखि दुई देशकोबीचमा कृषि र प्रविधिका साथै अन्य विभिन्न क्षेत्रमा सहयोग र सहकार्य रहँदै आएको भन्दै मन्त्री पुनले आगामी दिनमा उर्जा क्षेत्रमा सहकार्य गर्न सरकार इच्छुक रहेको धारणा राखे ।

मन्त्री पुनले इजरायल नेपाली कामदारको लागी सुरक्षित गन्तव्यको रुपमा रहेको भन्दै आगामी दिनमा पनि इजरायलले त्यसमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

भेटमा इजरायली राजदूत ओमेरले उर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्न इजरायल सरकार आतुर रहेको बताएको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए । उर्जामा लगानीको लागी इजरायलले पार्टनर खोजिरहेको भन्दै त्यसका लागी सरकारलाई सहयोग गर्न तयार रहेको धारणा राखे ।

‘नेपालको जलविद्युतमा लगानी गर्न इजरायबाट निजी क्षेत्र आउन तयार छन्, त्यसका लागी हामी पार्टनर पनि खोजिरहेका छौ’, भेटमा राजदूत ओमेरले भने । उहाँले विओटी मोडलमा काम गर्न इजरायल ईच्छुक रहेको समेत बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =