डीएलएमा योगेन्द्र बहादुर अधिकारी विजयी, पदाधिकारीमा को–को परे ?

चितवन, साउन १४ । डेमोक्र्याटिक्स लयर्स एशोसियसन (डीएलए) मा योगेन्द्र बहादुर अधिकारी विजयी भएका छन् ।

काँग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डीएलएको १० औँ अन्तराष्ट्रिय अधिवेशनबाट कृष्ण सिटौला समुहले अघि सारेका योगेन्द्र बहादुर अधिकारी अध्यक्ष चुनिएका हुन् ।

अधिकारीले रामचन्द्र पौडेल समूहका सिताराम केसी र शेरबहादुर देउवा समूहका रामकुमार श्रेष्ठलाई पराजित गरे । अधिकारीले ४३१ मत ल्याउँदा केसीको पक्षमा ३३४ मत आयो । यस्तै अर्का उम्मेदवार श्रेष्ठले ४२ मत ल्याए ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार, महिला उपाध्यक्षमा सुष्मा बाँस्कोटा, महासचिवमा लक्ष्मीदेवी रावल, कोषाध्यक्षमा सुधा खतिवडा कोइराला, सचिवमा खड्कबहादुर क्षेत्री र महिला सचिवमा विष्णु वस्याल निर्वाचित भएका छन् ।

यस्तै प्रदेश उपाध्यक्षतर्फ १ मा मुरारी खनाल, २ मा राजन दाहाल, ३ मा राजु कटवाल, गण्डकीमा फणिन्द्र कोइराला, ५ मा गोर्कणसिंह थापा, कर्णालीमा खड्का सिजापति र  ७ मा बीरबहादुर जेठारा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =