न्यायाधीश जोशीबारेको निर्णय आज, जोशीलाई प्रधानन्यायाधीश नबनाउने नेकपाको संकेत

१४ साउन, काठमाडौं । भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।

भावी प्रधानन्यायाधीश जोशीका आचरण र शैक्षिक प्रमाणपत्रका विषयमा आलोचना भएपछि उनी प्रधानन्यायाधीशमा योग्य छन् या छैनन् भन्ने निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक आज बस्ने भएको हो । यसअघि पनि दुई पटक बैठक स्थगित भइसकेको छ ।

तर सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्याधीश नबनाउने नेकपाले संकेत गरेको छ । न्यायाधीश जोशीलाई प्रधानन्यायाधीश नबनाउने तयारी भइरहेको सत्तारुढ दल नेकपाका एक शीर्ष नेताले संकेत गरेका हुन् ।

आजको बैठकले भने जोशीबारे निर्णय गर्ने सुनुवाई समितिका एक सदस्यले बताए । स्रोतका अनुसार शैक्षिक प्रमाणपत्र मात्र नभई फैसलाहरु पनि विवादित भएका कारण जोशीको सिफारिस अस्वीकृत गने सत्तारुढ दल नेकपाको तयारी छ ।

त्यसअघि नेकपाले राजीनामा दिएर सम्मानजनक निकास दिन जोशीलाई सन्देश पठाएका थिए । तर, उनले त्यसलाई बेवास्ता गरेपछि अस्वीकृत गर्ने रणनीति बनेको हो ।

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको हुँदा आन्तरिक र थप छलफल गर्नुपर्ने भएको हुँदा २ पटक बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =