लाइसेन्समा अनियमितता गर्ने ११ कर्मचारीलाई जेल

काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महिना जेल सजाय तोकिएको छ। 

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बाग चन्दको इजलासले सबै कर्मचारीलाई भ्रष्टाचारी ठहर गर्दै जेल सजाय सुनाएको हो।  कार्यालय प्रमुख पवन सुवेदी र अधिकृत सीताराम खनाललाई जनही आठलाख रुपैयाँ जरिवानासहित तीन महिना जेल तोकिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिएको खबर नयाँ पत्रिका दैनिकमा छ। 

त्यसैगरी अधिकृत डेकराज पोखरेल, नायव सुब्बाहरु डिलाराम खरेल, सतानन्द उपाध्याय, हुतराज पौडेल, अरुणकुमार गौतम, केशवराज डाँगी, गणेशमान आचार्य, ललितबहादुर वली र दीपेन्द्रबहादुर सिंहलाई जनही पाँच हजार जरिवानासहित तीन महिना जेल सजायको फैसला भएको छ। 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =