पदक विजेता खेलाडीले पाए नगद पुरस्कार

 

साउन २७, काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले आयोजना गरेको १२औं दक्षिण एसियाली बडिबिल्डिङ प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको छ । 

पुरुष ६५ केजी तर्फ समिर श्रेष्ठ, पुरुष एथलेट १६७ सेन्टिमिटर माथि नरेश मालाकार र महिला मोडल फिजिकतर्फ मल्लिका शाक्यले ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन्। 

null

त्यस्तै ६० केजी तौल समूहका कमल भण्डारी, ७० केजीतर्फ रमेश कार्की, पुरुषतर्फको एथलेट १७० सिएम माथि निशान्तमान प्रधान, फिटनेस पुरुषतर्फ राजु राई, पुरुष स्पोट्र्स १७० सिएम माथि प्रमोद राई र महिलातर्फबाट रजनी श्रेष्ठ र पूजा श्रेष्ठले ३० हजार पुरस्कार प्राप्त गरेका छन् । उनीहरु प्रतियोगितामा दोस्रो भएका थिए । 

त्यसैगरी किसान दास दिवाकर, प्रज्वलमान शाक्य, अशोक महर्जन, मिलन सिजापति, कृष्ण महर्जन र सुजिता मानन्धरले २० हजार नगद पुरस्कार प्राप्त गरे । 

नेपालको लागि पुरुष सिनियर बडिबिल्डिङतर्फ ६५ केजी तौल समूहमा समिर श्रेष्ठले स्वर्ण जितेका थिए । यस्तै नेपालका नरेश मुन्जिकारले पुरुष एथलेटिक फिजिकअन्तर्गत १६७ सेमीमाथिको स्पर्धामा र मल्लिका शाक्यले महिलाको मोडल फिजिकमा स्वर्ण जितेका हुन्। 

काठमाडौंमा भएको दुई दिने प्रतियोगितामा नेपालले ३ स्वर्ण जितेको थियो भने ७ रजत र ६ कास्य पदक समेत जितेको थियो । 

१८ विधा समावेश प्रतियोगितामा नेपालका २३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा अफगानिस्तान टिम च्याम्पियन बन्दा नेपाल दोस्रो भएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =