ह्याचरी उद्योग संघ प्रदेश ३ को अध्यक्षमा बिसुराल चयन

पुस १८, चितवन । नेपाल ह्याचरी उद्योग संघ प्रदेश नम्बर ३ को अध्यक्षमा चितवनका पोल्ट्रि व्यवसायी ज्ञान बहादुर बिसुराल चयन भएका छन ।  

चितवनमा आज शुक्रबार भएको प्रदेश ३ को भेलाले बिसुराललाइ संघको अध्यक्षमा चयन गरेको हो । संघको उपाध्यक्षमा परशुराम अधिकारी ,सचिवमा मनोज रानाभाट  र कोषाध्यक्षमा शिवराज उप्रेती चयन भएका छन् ।  

सदस्यहरुमा पुरु खनाल, घनश्याम पौडेल, हरिकृष्ण खनाल, दिपेश श्रेष्ठ, सुनिल ढकाल, संजिब ढकाल, अनुज जिसि, ओम प्रकाश कार्की , बिजय देशार सर्वसम्मत रुपमा चयन भएका हुन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 6 =