कोरोनाका कारण युभेन्टस र एसी मिलानबीचको खेल स्थगित

फागुन २१, काठमाडौं । कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै युभेन्टस र एसी मिलानबीचको खेल स्थगित भएको  छ । इटालियन कप अन्तर्गतको युभेन्टस र एफ मिलानको सेमिफाइनलको बुधबार हुने भनिएको दोस्रो लिग स्थगित भएको हो ।   

यस अघि भएको पहिलो लिगमा दुवै टिम १-१ गोलको बराबरी खेलेका थिए । यस अघि सिरी ए अन्तर्गत युभेन्टसको इन्टर मिलानसँगको खेल पनि स्थगित भएको थियो । युरोपमा कोरोनाभाइरसका कारण इटाली सबैभन्दा बढी प्रभावित बनेको छ । 

इटालीमा मंगलबार कोरोना भाइरसका कारण थप २७ जनाको ज्यान गएपछि खेल पछि सारिएको हो । इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =