पत्रकारको आन्दोलनमा प्रहरीको हस्तक्षेप
२०७६ जेठ ३ गते

जेठ २, फिदिम । पाँचथरमा संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयक फिर्ता माग गर्दै आन्दोलनमा उत्रेका पत्रकारलाई प्रहरीले हस्तक्षेप गरेको छ ।
बिहीबार नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरको अगुवाइमा जिल्ला प्रशासन कार्यालय परिसरमा धर्ना बसेको पत्रकारलाई प्रहरीले हस्तक्षेप गरेको हो।
null
प्रहरीले माथिको आदेश भन्दै प्रशासन कार्यालयको मुल ढोकामा धर्ना दिन बसेको पत्रकारल लाई जनपथ र सशस्त्र प्रहरीले धकेल्दै र ठेल्दै हस्तक्षेप गरेका थिए । प्रहरीले हस्तक्षेप गर्दा गर्दै पत्रकारले त्यही कोणसभा गरेका थिए।
लोकतन्त्र चोक नजिक नेपाल प्रेस युनियनको कार्यालयवाट शुरु भएको पत्रकारको जुलुस जिल्ला प्रशासन कार्यालय पुगेर धर्ना र कोणसभा गर्दै समाप्त भएको थियो
२०७६ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित








