एकै परिवारका तीन जना कोरोना संक्रमणको आशंकामा पाटन अस्पताल भर्ना

  

वैशाख १, काठमाडौं । काठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोना भाइरस (कोभिड १९) को आशंकामा पाटन अस्पताल भर्ना गरिएको छ ।   

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो ।   

पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले मकालु खबरलाई बताए ।   

‘उनीहरु तीनै जनाको अहिले रिकन्फर्मको लागि टेकु अस्पताल पठाइएको छ, पीसीआर टेष्टपछि थप विवरण आउने छ’, निर्देशक शर्माले भने ।   

अपार्टमेन्टको A ब्लकमा बसिरहेका उनीहरु चैत ५ गते लण्डनबाट फर्किएका थियो र लक्षण देखिएपछि र्‍यापिड टेष्ट गरिएको हो ।   

अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 11 =