टेनिस टोली इन्डोनेसिया प्रस्थान

फागुन ९, काठमाडौँ । आईटीएफ जुनियर डेविस कप तथा फेड कपमा सहभागी हुन ६ सदस्यीय नेपाली लनटेनिस टोली शुक्रबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ । फेब्रुअरी २२ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । 

पुरुष खेलाडीमा निहालजंगबहादुर थापा, प्रसिद्ध मोक्तान र निश्चल कायश्थ तथा महिलामा रायना शाह, इशाश्री शाह र सिरिष्ता राई रहेका छन् । प्रशिक्षकमा कृष्णराज घले छन् । घले आईटीएफ वर्ल्ड जुनियर टेनिस च्याम्पियनसिपका लागि जकार्ता मै छन् । 

पुरुष खेलाडीले डेविस तथा महिलाले फेड कपमा सहभागिता जनाउने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । टोलीलाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले शुक्रबारै सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =