आजको मौसमः देशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षा हुने

साउन २९, काठमाडौँ । देशको मध्य तथा पुर्वी तराई भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा भईरहेको जल ताथ मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार बुधबार (आज) दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुनेछ । देशको पहाडी भू–भागका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
त्यस्तै, बुधबार (आज) राति देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पूर्वी तथा पश्चिमी भू–भागका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
null
विभागका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेको र उत्तरतिर सर्ने क्रममा रहेकाले नेपालको पूर्वी र मध्य भू–भाग नजिक एउटा न्युन चापीय प्रणाली रहेको छ र यो प्रणाली पश्चिमतिर सर्ने क्रममा रहेको छ।
मनसुनको न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर–प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ ।








