बागलुङको कपास उद्योगमा आगलागी
२०७६ माघ १५ गते

माघ १५, बागलुङ । मंगलबार बागलुङको एक कपास उद्योगमा आगलागी हुँदा कपडा पेल्ने मेशिन तथा कच्चा पदार्थमा क्षति पुगेको छ ।
बागलुङको गलकोट नगरपालिका–३, हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा विद्युत चुहाहट भएर आगलागी हुँदा उक्त क्षती हुन पुगेको हो ।
प्रहरीका अनुसार आगलागीबाट पार्किङमा राखेको ध १ प १३२५ नम्बरको मोटरसाइकलमा समेत सामान्य क्षती भएको छ ।

प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायब निरीक्षक अनुप केसी क्षेत्रीका अनुसार आगो स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
२०७६ माघ १५ गते
प्रतिक्रिया
सम्बन्धित








