ब्राजिल पठाउँछु भनेर भारतमा ६ नेपालीलाई अलपत्र पार्ने दलाल पक्राउ
२०७४ जेठ १५ गते

“
काठमाडौँ,साउन ६ । ब्राजिलमा मासिक ७० देखि ९० हजार तलव र परिवारसहित ब्राजिल बस्न पाउने आशमा ६ जना ठगीएका छन् ।
दलालले ग्रिन कार्ड लिएर परिवारहरुलाई समेत लैजान पाइने आश देखाएपछि बाटो लागेका ६ जना भारतमा ४ दिन अलपत्र परेपछि नेपाल फर्किएका छन् ।
उनीहरुलाई सुर्खेतको साविक डांडांखाली ४ का सागर मल्ल भन्ने लिल बहादुर मल्लले अलपत्र पारेको प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले जनाएको छ ।
४४ वर्षे मल्ललाई प्रहरीले पक्रेर काठमाडौं जिल्ला अदालतमा बुझाएको छ । अदालतले ५ दिन म्याद थपेको छ ।
मल्लले ब्राजिलको भिषा लगाईदिने भनि कोलम्बियाको जाली भिषा बनाएर भारतमा ४ दिनसम्म राखेर अलपत्र पारेका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








