आफ्ना माग पूरा नभएसम्म थप उपचार नलिने डा. केसीकाे अडान, अब के हुन्छ ?

काठमाडाैं, साउन ५ । चिकित्सा शिक्षा सुधारको माग राखी दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म थप उपचार नलिने अडान राखेका छन् । अाज उनकाे अनशनकाे २२ अाैं दिन हाे ।

‘सरकारले आफुलाई सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गरी माग पनि पुरा गर्ने बताएर काठमाडौँ ल्याएको थियो । मलाई सुविधा सम्पन्न अस्पताल ल्याएको हैन, यी सबै परिक्षण त जुम्लामै भैरहेको थियो नि ?’, उनले भने ।

डा.केसीले रगत, मुटुलगायत कुनै परिक्षण गर्न नमानेको उनको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् । विहिवारदेखि डा. केसीको कुनै परिक्षण गर्न नपाएको डाक्टरहरूले बताएका छन् ।

शुक्रबार दिउसो उनको अवस्थाबारे समाचार संकलन गर्न अनसनस्थल पुगेका पत्रकारलाई डीएसपीले निकै निगरानी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =