विदेशी कम्पनीले भुक्तानी रोक्दा रेमट्यिान्समा कमी
२०७४ जेठ १५ गते

“काठमाडाैं, साउन ४ । विदेशी रेमिट्यान्स कम्पनीहरुले पैसा उठाएर नेपालमा नपठाउने गरेको पाइएको छ । आजको कारोबारमा यो समाचार छापिएको छ ।
पछिल्ला महिनामा नेपालमा रेमिट्यान्स आप्रवाहमा कमी आउनुको कारण विदेशी रेमिट कम्पनीको ठगी पनि एक प्रमुख समस्याको रुपमा देखा परेको छ ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएका कारण रेमिट्यान्स आप्रवाहमा कमी आएको भन्दै नेपाल राष्ट्र बैंक पनि पछिल्लो समयमा अनुसन्धानमा लागेको छ ।
तर, नेपाल पठाउन भनेर विदेशमा नेपालीको पैसा उठाउने तर, नेपाल नपठाउने गर्दा ठूलो रकम विदेशमा नै रोकिँदा पनि रेमिट्यान्स आप्रवाहमा कमी आएको हो ।
पछिल्ला दिनहरुमा केही मलेसियाली रेमिट कम्पनीले नेपाल पैसा पठाउने भनेर उठाउने तर, नपठाउने गरेपछि नेपाली कम्पनीहरुसँग विवाद बढ्दै गएर केन्द्रीय बैंकसम्म पुगेको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








