रोनाल्डोको गोलमा हारबाट जोगियो युभेन्टस
२०७६ फागुन २ गते

फागुन २, काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमा युभेन्ट्स कोपा ईटालियाको पहिलो लेगमा हारबाट जोगिएको छ । बिहिबार राति भएको सेमिफाईनलको पहिलो लेगको खेलमा युभेन्ट्स र एसी मिलानले ११ गोलको बराबरी खेलेका हुन् ।
६१ औं मिनेटमा एसी मिलानका लागि रेबिकले गरेको गोलमा पछि परेको युभेन्टसले अतिरिक्त समयको पहिलो मिनेटमा प्राप्त पेनाल्टीबाट बराबरी गरेको हो ।
भिएआरको सहयोगमा युभेन्टसले सो पेनाल्टीको अवसर पाएको थियो । सो पेनाल्टीलाई क्रिश्चियानो रोनाल्डोले गोलमा परिणत गरेका थिए ।

गत साता मात्र ३५ बर्षमा पुगेको रोनाल्डोले देश र क्लबका लागि ३५ खेलमा ३५ गोल गर्न सफल रहेका छन् । दोस्रो लेगको खेल मार्च ४ मा युभेन्ट्सको घरेलु मैदान टूरिनमा हुनेछ ।
२०७६ फागुन २ गते
प्रतिक्रिया
सम्बन्धित








