नयाँ पुस्ताले मागे पार्टी सभापति बन्न तयार छुः गगन थापा

माघ २७, काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी अगाडी बढाउन नयाँ पुस्ताको नेतृत्व आवश्यक पर्ने बताएका छन् । 

आइतबार बिहान गोरखा सदरमुकाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै गगन थापाले पहिलो पुस्ताले अहिलेसम्म पार्टीको इतिहास भजाएर मात्र काम चलाएकाले नयाँ इतिहास रच्न नयाँ पुस्ताको खाँचो रहेको दाबी गरे । 

‘नेपाली कांग्रेसको नयाँ पुस्ताको नयाँ व्याख्या हुन्छ । नयाँ आधारभूत मान्यता बनाउनका लागि नयाँ पुस्ताले पार्टी नेतृत्व गर्ने बेला आएको छ । पहिलो पुस्ताका नेताले नेतृत्व गर्दा पार्टी काम चलाउ जस्तो मात्रै भयो’, नेता थापाले भने, ‘पार्टीलाई अगाडी बढाउन, नयाँ इतिहास रच्न नयाँ पुस्ता आवश्यक छ । त्यसैले अब पहिलो पुस्ताका स्तुत्य नेताले हाम्रो अभिभावक बनिदिनु पर्छ ।’ 

null

नेता थापाले कांग्रेसमा आस्था राख्ने नयाँ पुस्ताको माग अनुसार चौधौं अधिवेशनमा आफू केन्द्रीय सदस्य महामन्त्री, सभापति जे बन्न पनि तयार रहेको स्पष्ट पारे ।   

त्यस्तै उनले फरक प्रसंगमा भेनेजुएला प्रकरणबारे प्रचण्डको वक्तव्य चिप्लिएको भनेर ढाकछोप गर्नु सरकारको गैरजिम्मेवारपन भएको बताए । उनले सरकारले एकपछि अर्को गल्ती गरिरहेको बताए । 

नेता थापाले प्रचण्डको वक्तव्यबाट हामीले के बुझ्ने, के अब नेपालले एउटा नयाँ बाटो लिएको हो ? भन्दै प्रश्न गरे । निर्वाचनको अंकगणित, डर र स्वार्थका लागि एमाले र माओवादीबीच एकता भएको उनको दाबी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =